प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनमा ६ जना निर्विरोध

<span class='c1'>प्रदेश १ मा राष्ट्रिय सभा</span> <span class='c2'>निर्वाचनमा ६ जना निर्विरोध</span>

सुमन सु्स्केरा
बिराटनगर, १५ माघ ।।
राष्ट्रिय सभामा निर्वाचनमा १ नम्वर प्रदेशबाट ६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज निर्विरोध निर्वाचित हुनेको नाम घोषणा गरेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा ३ जना महिला समुह र ३ जना अन्य समुहबाट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । निर्विरोध निर्वाचन हुनेमा महिला कोटामा एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र काँग्रेसकी सरिता प्रसाई (झापा)का निर्विरोध निर्वाचित भएका हुन।
प्रदेश १ का निर्वाचन अधिकृत राजु कुमार खतिवडाले निर्वाचिन हुनेको नाम सार्वजनिक गर्दै अन्य समुहबाट निर्वाचित हुनेमाएमालेका पर्शुराम मेघी गुरुङ (संखुवासभा), हरिचरण सिवाकोटी (झापा) र नेपाली काँग्रेसका रमेशजंग रायमाझी मोरङलाई पनि विजयी घोषणा गर्नु भएको हो ।
त्यस्तै अल्पसंख्याक, दलित र अपाङगता भएका समुहको भने निर्वाचन हुने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्