सकियो हिसान स्पोर्टस् मिट

<span class='c1'>सकियो हिसान</span> <span class='c2'>स्पोर्टस् मिट</span>

विराटनगर, १६ माघ ।
विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस् मिट मंगलवार सम्पन्न भएको छ । हिसान मोरङको आयोजनामा भएको स्पोर्टस् मिटमा फुटबल तर्फ ग्रिनल्याण्ड र पुरुष भलिबलमा मोर्डन एरा र महिला भलिबलमा पथरीशनिश्चरेले उपाधि जितेका छन् ।
सहिद रङगशालमा भएको फुटबलको फाइनलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले मेरिल्याण्डलाई टाईब्रेकमार ५–४ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो । निकै रोमाञ्चक खेलमा निर्धारीत समयसम्म २÷२ समान गोल गरेपछि खेल टाईब्रेकरमा गएको थियो ।
टाईब्रेकरमा ग्रिनल्याण्डका शुसान्त कटुवाल, सरध राई, अनिश राई, हितमान लिम्बु र अनिश चौधरीले गोल गरी उपाधि जिताएका हुन । मेरील्याण्डका तर्फबाट विजय पोखरेल, सन्दिप कार्की, स्वीकार भट्टराई र रसिब अधिकारीले गोल गरे । फाइनल खेलको म्यान अफ म्याच मेरिल्याण्डका नविन सुनवार घोषित भए । प्रतियोगिताको म्यान अफ द सिरीज अरनिको कलेजका नविन चौधरी, वेस्ट गोलकिपर कान्तिपुरका एटलान्टिक चौधरी, हाइ स्कोर ग्रिनल्याण्डका सरध राई र वेस्ट डिफेन्डर पनि ग्रिनल्याण्डका हितमान लिम्बु घोषित भए ।
भलिवलमा मोर्डन एरा र रेडस्टार
हिसान स्पोर्टस् मिट अन्तरगत पुरुष भलिबलको उपाधि मोर्डन एरालाई र महिला भलिबलको उपाधि पथरीशश्चिरेमा रहेको रेडस्टारले जितेको छ । कोशी क्याम्पसको खेल मैदानमा भएको पुरुषतर्फको फाइनल खेलमा कान्तिपुर कलेजलाई २५–२१, २५–१९ र २५–८ को सोझो सेटले पराजित गरी मोर्डन एराले उपाधि जित्यो ।
महिलातर्फ भएको भलिबलमा रेडस्टारले अरनीको कलेजलाई २५–२०, २५–८ र २५–१३ को सोझो सेटले पराजित गर्दै उपाधि चुमेको छ । महिलातर्फको बेस्ट सर्भिस मोर्डन एराका एलिन राई, बेस्ट डिफेन्ट अरनिको निरीक्षा विष्ट, वेस्ट स्पाइकर शिक्षादीपकी अन्जली राजवंशी घोषित भए ।
आजै भएको खेल अन्तरगत पुरुषतर्फको म्यान अफ द बास्केटबलमा मोर्डन एराका बालकुमार रायमाझी, बेस्ट लिफचर कान्तिपुरका विज्ञान श्रेष्ठ, वेस्ट लिब्रो अरनिको निश्चल मण्डल, बेस्ट स्टाईकर र बेस्ट बलकरमा क्रमशः मोर्डन एराका दलकुमार रायमाझी तथा सन्तोष कुमार तामाङ घोषित भए ।
क्रिकेटतर्फको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले जितेको छ । त्यस्तै बास्केटबलको उपाधि भानु कलेजले, टेवलटेनिस छात्र टिम इभेन्टमा कान्तिपुरले, टिम भइेन्ट छात्रातर्फ शिक्षादीपले उपाधि जितेको थियो । त्यसैगरी सिङ्गल छात्रतर्फ मेरील्याण्डका राहुल साहले कान्तिपुरका शुभम श्रेष्ठलाई ३ –१ को सेटले पराजित गरी मेरील्याण्डका राहुल प्रथम र छात्रातर्फ कान्तिपुरकी अन्जली मण्डलले मेरील्याण्डकी अंकिता उदासलाई ३–२ को सेटले पराजित गरी कान्तिपुरकी अन्जली प्रथम भएकी थिइन् ।
माघ ९ गते देखि विराटनगरमा जारी प्रतियोगितमा हिसानमा आवद्ध मोरङ जिल्लाका २३ कलेजका एक हजार ६ सय जना विद्यार्थीहरु सहभागि भएको हिसान मोरङका उपाध्यक्ष राजेश कार्कीले जानकारी दिए ।
विजयी हुने टिमलाई विराटनगर महानगरपालिकाको मेयर भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसी, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, उपाध्यक्ष भेषराज पोखरेल, महासचिब लोक बहादुर भण्डारी, मोरङ अध्यक्ष बलराम पन्तलगायले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्