आज बेलुकी ५ः३२ मा खग्रास चन्द्रग्रहण

<span class='c1'>आज बेलुकी ५ः३२</span> <span class='c2'>मा खग्रास चन्द्रग्रहण</span>

काठमाडौं । आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ७ बजेर ५५ मिनेटमा चन्द्रोदय हुने भए पनि २ घण्टा अघि अर्थात् ५ बजेर ३२ मिनेटदेखि नै चन्द्रग्रहण सुरु हुनेछ ।

ग्रहणको मध्यकाल ७ बजेर १६ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्ष हुनेछ ।

ग्रस्तोदित खग्रास चन्द्रग्रहणको विवरण

स्पर्श १७ः३२ बजे

सूर्यास्त १७ः४२ बजे

चन्द्रोदय १७ः५५ बजे

मध्य १९ः१६ बजे

मोक्ष २०ः५७ बजे

२०ः५७–१७ः५५ ऽ ०३ः०२ घण्टा, मिनट ग्रहणकाल वा सर्वपर्वकाल चन्द्रग्रहण रहेको छ ।

ग्रहणमा एउटा बिम्वले अर्को बिम्वको छाया लिन्छ । ग्रहणमा ग्राहकबिम्व र ग्राह्यबिम्व हुन्छ । ग्रहणमा एकबिम्वलाई अर्को बिम्वले ढाक्छ, एउटा बिम्वको छाया अर्को बिम्वमा पर्दछ । यसमा पातको भूमिका रहन्छ । पात ऽ राहु वा केतु, उत्तरपात ऽ राहु, दक्षिणपात ऽ केतु, यी दुई पात नै ग्रहणका कारक हुन् ।
सूर्य, चन्द्र र पृथ्वीजन्य परिस्थितिलाई नै ग्रहण भनिन्छ ।

मेषादि राशिका व्यक्तिका लागि आजको चन्द्रग्रहणफल यसप्रकार रहेको छ –
मेष        व्यथा,
वृष        श्रीप्राप्ति,
मिथुन        क्षति,
कर्क        घात,
सिंह        व्यय,
कन्या        लाभ,
तुला        सुख,
वृश्चिक        माननाश,
धनु        कष्ट,
मकर        जीवनसाथीपीडा,
कुम्भ        सुख,
मीन        चिन्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्