श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदै

श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदै

काठमाण्डौ,माघ १७ । एक महिनादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज समापन गर्न लागिएको हो ।

महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन रहिआएको छ । व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होु् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ । यस वर्ष भने आज चन्द्रग्रणह लाग्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै स्वस्थानी व्रत समापन गर्नु पर्ने भएको छ । ८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्ने भएको हो ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । यता काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्