विराटनगरमा लागूऔषध सहित दम्पती पक्राउ

<span class='c1'>विराटनगरमा लागूऔषध सहित</span> <span class='c2'>दम्पती पक्राउ</span>

विराटनगर, १७ माघ । 
विराटनगरमा लागूऔषध सहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषध सहित एक दम्पतीलाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकैबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षिय शम्भु परियार र उनकी श्रीमती २२ बर्षिया संगिता परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
भारतको जोगवनी बजारबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागु औषध एभिल २५ एम्पुल, लुपिजेसिक २४ एम्पुल र फेनारगन ३ एम्पुल बरामद भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्