झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु, बिराटनगरमा ४ जना घाईते

<span class='c1'>झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु,</span> <span class='c2'>बिराटनगरमा ४ जना घाईते</span>

झापा, १७ माघ ।
झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमा नै ज्यान गएको वडा प्रहरी कार्यालय भद्रपुरले जानाएको छ। ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ।

टेम्पो दुर्घटना

बुधवार बिहान बिराटनगरमा भएको टेम्पो ददुर्घटनामा चारजना घाइते भएका छन् । मोरङको विराटनगर–१६ स्थित दुर्गा मन्दिर नजिकै को १ ह ८६४७ नम्वरको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ केराबारी गाउँपालिका–९ का ४४ बर्षिय सन्तोष आचार्य , भारत बिरपुर बस्ने ५२ बर्षिय अमत कुमार झा, सोही ठाउँकी ३० बर्षिया सारिका कुमारी झा र २५ बर्षिय चन्दन सहनी घाइते भएका छन्। घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्