विराटनगरको नोबेलमा दक्षिण–पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा

<span class='c1'>विराटनगरको नोबेलमा दक्षिण–पूर्वी एसियामै पहिलो</span> <span class='c2'>पटक अत्याधुनिक न्युरो सर्जरी सेवा</span>

विराटनगर १८ माघ
विराटनगर १ नम्बर प्रदेश राजधानी घोषणा भएसँगै अस्पतालहरुले पनि आफ्ना सेवामा अत्याधुनिक प्रबिधि भित्र्याउन थालेका छन् । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले दक्षिण–पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेको छ । कलेजले सञ्चालन गरेको नोबेल इन्स्टिच्युट अफ न्युरोसाइन्सेज अन्तर्गत ३ वटा अत्याधुनिक शल्यकक्ष राखिएको छ । मस्तिष्कको समस्याका लागि न्युरो स्विट, नसा तथा मेरुदण्डको समस्याका लागि स्पाइन स्विट र टाउको तथा ढाडको प्वाल पारेर गरिने शल्यक्रियाका लागि मिनिमल इन्भेजिभ स्विटको व्यवस्था गरेको हो ।
न्युरो स्विटमा दक्षिण पूर्वी–एसियामै पहिलो पटक थ्री टेस्ला इन्ट्राअपरेटिभ, ४८ च्यानल, फङ्सनल, एमआर इलास्टो, थर्मल इमेजिङ सिस्टम भएको अत्याधुनिक एमआरआई मेसिन जडान भएको छ। इलास्टो सिस्टमबाट मस्तिष्कमा चोटपटक लागेको, संक्रमण भएको वा ट्युमर के भएको हो पत्ता लगाउन सकिने डाक्टर प्रकाश काफ्लेले बताउनुभयो ।
एमआर थर्मल इमेजिङबाट मस्तिष्क र ट्युमरको तापक्रम पत्ता लगाउन सकिन्छ। मस्तिष्क र ट्युमरको तापक्रम फरक हुन्छ। यसले अपरेसन गर्दा ट्युमर छुटे–नछुटेको अपरेसन गर्दागर्दै पत्ता लगाउन सकिन्छ। न्युरो स्विटमा रहेको आइ सेभेन नेभेगेसनले एमआरआई र सिटीको चित्रलाई एकत्रित गरी एउटा चित्र बनाइदिन्छ। सो चित्रका आधारमा अपरेसनको योजना बनाइन्छ। जसले उपकरण कता चलाउने भन्ने सूचना पनि दिन्छ। यसरी शल्यक्रिया गर्दा असफल हुने सम्भावना अन्य विधिभन्दा आधा कम हुने न्युरोसाइन्सेजका निर्देशक डाक्टर आइप चेरियनले जानकारी दिनुभयो । उहाँका अनुसार, यसरी शल्यक्रिया गर्दा अस्पताल बस्नुपर्ने समय पनि आधा कम हुने, उपचार शुल्क कम पर्ने, दुखाइ कम हुने र गलत शल्यक्रिया हुने सम्भावना रहँदैन ।
न्युरो स्विट शल्यकक्षमामा इन्डोस्कोपिक र माइक्रोस्कोपिक विधिबाट एकैपटक शल्यक्रिया गर्न सकिन्छ। माइस्क्रोस्कोपिकबाट मस्तिष्कको भित्री भाग र इन्डोस्कोपिकबाट मस्तिष्कको बाहिरी भागमा रहेको समस्याको शल्यक्रिया गरिन्छ। माइस्क्रोपिकमा टाउकोमा सानो चिरफार गरिन्छ भने इन्डोस्कोपिकमा नाकको प्वालबाट उपकरण छिराएर शल्यक्रिया गरिने चिकित्सक बताउँछन्। डाक्टर काफ्लेका अनुसार, अस्पतालमा रहेको ‘पेन्टेरो ९०० विथ थ्रि डी एचडी’ माइस्क्रोप नेपालमै पहिलो पटक ल्याइएको हो ।
‘न्युरो शल्यकक्षमा मस्तिष्कको शल्यक्रिया गरिरहेकै अवस्थामा एमआरआई गर्न सकिन्छ, डाक्टर चेरियन भन्नुभयो, यसबाट ट्युमर लगायतका समस्याको शल्यक्रिया पूर्णरुपमा भए–नभएकोे थाहा हुन्छ।’
डाक्टर चेरियनले भन्नुहुन्छ, ‘न्युरो स्विट शल्यकक्षमा मस्तिष्कमा आउने सम्पूर्ण समस्याको जटिल प्रकारको अपरेसन गर्न सकिन्छ ।’
यसैगरी, स्पाइन स्विटमा मेरुदण्ड सम्बन्धी रोगको अत्याधुनिक उपचार हुन्छ। यसमा पनि माइस्क्रोप र इन्डोस्कोप दुबै विधिबाट शल्यक्रिया गर्न सकिन्छ। यो शल्यकक्षमा पनि नेपालमै पहिलो पटक अत्याधुनिक ‘ओ आर्म’ (ओ टु) जडान गरिएको छ। यसले मेरुदण्डको शल्यक्रिया गरिरहेकै अवस्थामा थ्रिडी भिडियो चित्र बनाउँछ र यही भिडियो चित्रका आधारमा चिकित्सकहरुले शल्यक्रिया गर्छन्।
डाक्टर चेरियनका अनुसार, अस्पतालमा एक सय बेड र ४५ आइसियू सहितको न्युरो विभाग सञ्चालनमा छ। न्युरोसाइन्सेजका लागि मात्र अस्पतालमा एक अर्ब ५० करोड मूल्य बराबरको अत्याधुनिक उपकरण जडान गरिएको छ ।
न्युरो सर्जरीका लागि वरिष्ठ न्यूरो सर्जन डाक्टर चेयरिनको नेतृत्वमा डाक्टर प्रकाश काफ्ले, डाक्टर प्रमोद चौधरी, डाक्टर सुनिल मुनाकर्मी, डाक्टर डिल्ली काफ्ले लगायत ११ जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ। टोलीमा रसियाका प्रख्यात दुई न्युरो सर्जनका साथै एनोरिजमको उपचारमा विश्वप्रख्यात फिनल्यान्डका डाक्टर जुहा हेर्निसनेमी समेत रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्