विराट क्यान्सर इन्स्टिच्युटमा ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन

<span class='c1'>विराट क्यान्सर इन्स्टिच्युटमा ‘बेल</span> <span class='c2'>अफ सेलिब्रेसन’ को उद्घाटन</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगा चौकमा अवस्थित विराट मेडिकल टिचिङ एण्ड अस्पतालको १० औं वार्षिकोत्सवको मौका पारेर ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन गरेको छ ।

अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विराटका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष डा. इरिना कार्कीले रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको बेल अफ सेलिब्रेसनको उद्घाटन गरेका हुन् ।

क्यान्सरका बिरामीलाई हौसला र मनोबल प्रदान गरी उनीहरूलाई आशा जगाउन विजय सूचक घण्टीको उद्घाटन गरिएको हो । गत असार १२ गते गठन गरिएको विराट क्यान्सर इन्स्टिच्युटको अगुवाइमा उक्त घण्टीको उद्घाटन भएको हो ।

विराट नर्सिङ्ग होमका सीइओ डा.निकिता कार्कीका अनुसार अब यस इन्स्टिच्युटमा उपचार थाल्दा, क्यान्सरबाट विजयी प्राप्त हुँदा क्यान्सर सर्भाइबरहरूका लागि घण्टी बजाइने छ । क्यान्सर संक्रमितहरूलाई हौसला प्रदान गरेमा रोगलाई जित्ने सम्भावना बढी हुने बताउँदै उनले मनोबल प्रदान गर्ने प्रयास स्वरूप अस्पतालभित्र घण्टीको स्थापना गरिएको सुनाए ।

इस्टर्न क्यान्सर सर्भाभर सपोर्ट ग्रुपका सदस्य कमल पौडेलका अनुसार ‘क्यान्सर शब्द भयावह भएको छ, त्रासले गर्दा मान्छे मर्ने सम्भावना छ, उनले भने, ‘क्यान्सरसँग डटेर लड्ने प्रण गर्नुपर्छ भन्ने सन्देश हामीले दिन खोजेको हो । क्यान्सर पूर्वजन्मको पाप पनि होइन । जेनेटिक, खानपान, विकिरणका कारण क्यान्सर हुन सक्छ । क्यान्सरसँग भाग्ने, डराउने होइन ।’

विराट क्यान्सर इन्स्टिच्युटकी अन्कोलोजी नर्सिङ्ग इनचार्ज रोजिना तिमल्सिनाले क्यान्सर संक्रमित बिरामीलाई नजिकबाट हेरिरहेको बताउँदै आफन्तको हेरचार, चिकित्सकको बोलीले पनि क्यान्सरमुक्त हुन सकिने बताइन् ।

पछिल्लो समय आफूहरूले उत्कृष्ट ढंगले काम गरिरहेका कारण पनि विराट क्यान्सर इन्स्टिच्युट रोज्नेहरूको संख्यामा बढोत्तरी भएको उनले सुनाइन् ।

विराट क्यान्सर इन्स्टिच्युटका सिइओ डा. डिनिस कार्कीले ‘आशाः क्लोज द केयर ग्याप’ मार्फत् क्यान्सर रोगीको उपचार गरिरहेको बताए ।

उनका अनुसार गत वर्ष क्यान्सर अस्पतालको उद्घाटन भएयता २० हजार भन्दा बढी क्यान्सरका बिरामीको उपचार भएको छ भने दुई हजारभन्दा बढी क्यान्सरको सर्जरी भएको छ ।

यस्तै, विराट मेडिकल कलेजका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्कीले राज्य संवेदनशील नहुँदा देशका लागि योगदान गर्न कठिनाइ भइरहेको सुनाए । ‘नीजी अस्पताल चाहिँ माफियाको हो भन्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘क्यान्सर रोग पूर्ण रूपमा निःशुल्क होस् भन्ने हामी पनि चाहन्छौं । त्यसका लागि चाहिने औषधि र उपकरणका लागि राज्य अगाडि सर्नुपर्छ ।’

क्यान्सरका बिरामीलाई अहिले कोशी प्रदेश सरकारले दिएको एक लाख रुपैयाँ पर्याप्त नभएको उल्लेख गरे । छिमेकी मधेश प्रदेशमा तीन लाख रुपैयाँ सहयोग गर्ने गरेको उदाहरण दिँदै भने, ‘मधेशका नेताचाहिँ नेता, त्यहाँका जनता चाहिँ जनता । हामी चाहिँ गोरु हो ?’

यसैगरी, उनले देशभरिका स्वास्थ्यकर्मी बिरामी भएमा आफ्नो अस्पतालले निःशुल्क उपचार गरिदिने पनि कार्यक्रममा घोषणा गरे । उनले १० वर्ष अगाडि गंगा चौकमा पुरानो भवनबाट सुरु गरेको विराट मेडिकल तपाईहरुको सहयोगले गर्दा यहासम्म पुग्न सफल भएको बताए।

‘हामीलाई सबैभन्दा दुर्भाग्य के छ भने, चिकित्सक बिरामी भएमा सहयोग गरिदिन भन्दै अपिल पठाउने गरिएको छ । यो भन्दा दुर्भाग्य देशमा के हुन्छ र ? बरु, म घोषणा गर्छु, नेपालका कुनै पनि चिकित्सकहरू बिरामी भई इलाज गर्न असक्षम हुनुहुन्छ भने विराटले पूर्ण रूपमा हामीसँग भएका उपकरणहरूको सहायतामा उपचार हुने छ ।’

क्यान्सर रोगलाई जितेको मन्जु गजमेरले आफु सामाजिक संजाल टिकटकमा विराट मेडिकलको भिडियो हेरेर उपचार गर्न आएको र उपचार सफल भएको बताईन। अर्का क्यान्सर रोग जितेका राजन भट्टराईले अब भारतको दिल्ली,कोलकाता जाने नपर्ने विराट मेडिकलमै क्यान्सरको आधुनिक प्रविधिको मेसिनबाट उपचार गरिने हुदा अरु कतै जान नपर्ने बताए।

कार्यक्रममा रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको बारेमा तयार पारिएको 'सर्ट मुभी' समेत देखाईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्