पाँचथरमा छ लाख रुपैयाँ लिएर श्रीमती बेपत्ता

<span class='c1'>पाँचथरमा छ लाख रुपैयाँ</span> <span class='c2'>लिएर श्रीमती बेपत्ता</span>

पाँचथर,१८माघ ।

पाँचथरको फिदिम नगरपालिका–५ चोकमागुकी २६ वर्षीया ‘सुस्मिता’ भनिने कमला तुम्बापो छ लाख रुपैयाँ लिएर बेपत्ता भएकी छन् । उनी बेपत्ता भएपछि उनका श्रीमान कबेर तुम्बापो र छोराछोरी बिचल्लीमा परेका छन् ।बैदेशिक रोजगारीको शिलशीलामा केही वर्ष मलेशिया बसेर स्वदेश फर्की मजदुरीको लागि आफू पोखरा रहेको बेला चार दिन अघि श्रीमती बेपत्ता भएको श्रीमान कुबेरले जानकारी दिए । उनी फिदिम–२ का साम्दिन घुम्ति बजार जान्छु भनेर घरबाट निस्केको तर फर्केर नआएको कुबेरले बताए । ‘मलेसिया र पोखरामा मजदुरी गरेर कमाएको सबै पैसा श्रीमतीले लगेर बेपत्ता भईन अहिले केही गर्नलाई पैसा चाहियो भने मसँग पैसा छैन् कुबेरले भने।’

उनीहरुको एक छोरा र एक छोरी रहेका छन् । सबै पैशा लिएर श्रीमति सम्पर्क बिहीन भएपछि कुबेरलाई तनाब भएको छ । उनले बेपत्ता श्रीमतीको खोजि गरिदिन जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्