काठमाडौ, १९ माघ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको दिवाभोज उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन्। प्रधानमन्त्री देउवाले नीजि भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजलाई बढी प्राथमिकता दिएकोमा उपप्रधानमन्त्री थापा असन्तुष्ट रहेको स्रोतले बतायो। थापा निकट स्रोतका अनुसार दिवाभोजमा निम्ता दिए पनि थापा चितवन गएका छन्। बिहीबार दुईदिने नेपाल भ्रमणमा आएकी स्वराजलाई पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले भेटेनन्। थापाले स्वराज दूतका रुपमा आएकोले बढी प्राथमिकता दिन नहुने भन्दै प्रधानमन्त्रीसँग असन्तुष्ट रहेको बताइएको छ।