ग्रेडेड स्कूलमा खाद्य तथा फलफूलको प्रर्दशनी

<span class='c1'>ग्रेडेड स्कूलमा खाद्य</span> <span class='c2'>तथा फलफूलको प्रर्दशनी</span>

विराटनगर १९ माघ । विराटनगर ८मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य तथा फलफूल प्रर्दशनी गरेका छ ।स्कूलले त्रैमार्सिक परीक्षफल प्रकाशित भएको अवसर पारेर शुक्रबार खाद्य तथा फलफूलको प्रर्दशनी गरेको हो ।

प्रर्दशनीमा कक्षा ५ देखि ८ सम्मका ४० जना विद्यार्थीले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । विद्यार्थीहरुले कलात्मक तरिकाले बनाएको सामाग्रीहरु अवलोकन गर्न अभिभावकको समेत सहभागिता रहेको थियो । अभिभावकलाई बालबालिकाले गरेको राम्रा सिपको बारेमा अवलोकन गर्नको लागि अतिथीको रुपमा अभिभावकलाई बोलाईएको बिद्यालयका प्रिन्सीपल सुवालले जानकारी दिए । ‘विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘यस्ता कार्यक्रमले उनीहरुको क्षमता अभिवृद्धी गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्