पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मुत्यु

<span class='c1'>पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा</span> <span class='c2'>दुई जनाको मुत्यु</span>

पाँचथर, २० माघ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन् । उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ । ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्