धरानमा सुरु बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबको विजयी शुरुवात

धरानमा सुरु बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबको विजयी शुरुवात

सुनसरी,  २० माघ ।

शनिबारदेखि धरानमा सुरु २० औं बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबले विजयी शुरुवात गरेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे ।

जितसँगै संकटा प्रतियोगिताको सेमिफाइनल पुगेको छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र सात विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्