झडपमा बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचियो

झडपमा बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचियो

काभ्रे, २० माघ  ।  ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–१, मा एक जनाको ज्यान गएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचिएको इलाका प्रहरी कार्यालय बनेपाका सहायक प्रहरी निरीक्षक भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि स्थानीयबासी तोडफोडमा उत्रिएपछि प्रहरीले १५ राउण्डभन्दा बढी हवाइफायर र २ सेल अश्रुग्यास हानेको सहायक प्रहरी निरीक्षक भक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहको मुखमा चोट लाग्दा तीनवटा दाँत भाँचिएको र गिजामा पनि असर परेको छ । घाइते शाहको अस्पतालमा उपचार भइरहेको सहायक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । झडपमा आन्दोलनकारीकोतर्फ पनि घाइते भएको हुन सक्ने तर अहिलेसम्म जानकारी नआएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन डिएसपी महेन्द्र मरासिनीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्