झापाका नाकाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी

<span class='c1'>झापाका नाकाबाट वन्यजन्तुको हड्डी</span> <span class='c2'>तथा छाला तस्करी</span>

झापा, २१ माघ ।
झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ ।
भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी, प्रशासन भने बेखबर देखिएको छ । झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छाला दक्षिणी झापाको सीमाना नाकाबाट भारत तस्करी भइरहेको छ । भारतीय एसएसबीले गिरोहमा आवद्ध दुईजना भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा किशनगञ्ज जिल्ला कोचाधामन, तेघरिया कन्हैयाबाड़ी निवासी २५ बर्षीय मोहम्मद मोइन र ४० बर्षीय बिष्णु रजक रहेको भारतीय एसएसबी १२ बी बटालियनका डिप्टी कमाण्डर कुमार सुन्दरमले जानकारी दिनुभयो । एसएसबीले उनीहरुको साथबाट आठवटा हरिणको सिंहसमेत फेला पारेको छ । जसको अन्तर्राष्ट्रिय बजार मूल्य नेपाली दुई करोड रहेको जनाइएको छ । झापा गाउँपालिकासँग जोडिएको भारतको दीघलबैंक नाकाबाट भित्र्याइएको हरिणको सिंहलाई किशनगञ्जतर्फ लैजाने क्रममा बिशेष सूराकीको आधारमा एसएसबीको टोलीले किशनगञ्ज–बहादुरगञ्ज सडकखण्डबाट पक्राउ गरेको हो । मोटरसाइकलमा सवार उनीहरुले हरिणको सिङलाई बोरामा हालेर लगिरहेका थिए । पक्राउ परेका दुवै जनाले हरिणको सिंह नेपालबाट ल्याएको एसएसबीलाई बताएका छन् । झापा गाँउपालिकाको सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ भएपनि वन्यजन्तुको तस्करी बढेपनि यसतर्फ खासै चासो देखाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्