प्रदेश २ मा मुख्यमन्त्री चयन गर्न फोरम निर्वाचनमा जाने

<span class='c1'>प्रदेश २ मा मुख्यमन्त्री चयन</span> <span class='c2'>गर्न फोरम निर्वाचनमा जाने</span>

धनुषा २१, माघ ।
संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयन गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ ।
चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला भएको सहमति अनुसार जो ठूलो दल हुन्छ उसैको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो । जसअनुसार स्वभाविक ढंगले फोरम नेपालले प्रदेश सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्री चयनको गृहकार्यलाई तीब्रता दिएको हो । पार्टी उपाध्यक्ष एवं प्रदेश नं. २ की प्रमुख रेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति बनेको छ ।
फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बनेको समितिले आजदेखि निर्वाचन प्रक्रियालाई अघि बढाउनेछ । यद्यपि, औपचारिक रुपमा निर्वाचनमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमति भएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिए ।
सम्भव भए सर्वसम्मत नभए निर्वाचन मार्फत् चयन हुने प्रदेशको संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदबार हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्