४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने

<span class='c1'> ४ वटा प्रदेशको पहिलो</span> <span class='c2'>प्रदेशसभा बैठक आज बस्ने</span>

काठमाडौं ।  ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर २, ५, ६ र ७ नम्बर प्रदेशको पहिलो बैठक आज बस्न लागेको हो । प्रदेश नम्बर ७ को बैठकका लागि रातारात काम भइरहेको छ भने प्रदेश नम्बर २ मा त्यसैगरी काम भइरहेको छ ।

हलमा आवश्यक पूर्वाधारको काम पनि बाँकी नै रहेका छन् ।  प्रदेश नम्बर २ को बैठक शैक्षिक तालिमकेन्द्र जनकपुरधाममा बस्ने भएको छ ।

त्यसैगरी सो प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ ।

सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको जनाइएको छ ।

संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले मस्यौदामा सामान्य संशोधन गरिएको बताउँदै सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ ।

बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ ।

प्रदेश नम्बर ५ को वुटवट उद्योग वाणिज्य संघको हलमा बैठक बस्ने भएको छ । त्यसका लागि बैठक कक्षमा आवश्यक पूर्वाधारको तयारी भइसकेको छ ।

प्रदेशसभा ६ को बैठक सञ्चालनका लागि कार्यविधि पनि तयार भइसकेको छ । आज दिउँसो प्रदेशसभाको बैठक बस्नेछ भने जेष्ठ सदस्य हिमबहादुर शाहीले सभा सञ्चालन गर्नेछन् । आजको बैठकमा प्रत्येक दलका एक एक जना प्रतिनिधिले संक्षिप्त मन्तव्य पनि राख्ने कार्यसूची तय भएको छ ।

प्रदेश नम्बर ७ को बैठक पनि धनगढमिा रहेको जिल्ला समन्वय समितिको हलमा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्