झापाको दुई गाउँमा काँग्रेसको पहलमा आएको विजुली एमालेहरुले बाल्न मानेनन्

<span class='c1'>झापाको दुई गाउँमा काँग्रेसको पहलमा</span> <span class='c2'>आएको विजुली एमालेहरुले बाल्न मानेनन्</span>

राजु पौडेल, झापा । एउटै गाउँमा दोहोरो विद्युत लाइन विस्तार भएको छ भन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर विकासमा स्वार्थको राजनीति मिसिंदा कस्तो अवस्था हुदोरहेछ भन्ने उदाहरण झापाको एउटा गाउँमा देखिएको छ । जहाँ काँग्रेसको पहलमा आएको विजुली अन्यले बालेनन् । बरु एमालेका कार्यकर्ताहरुले अर्को विद्युत लाइन विस्तारमा लागे ।

झापाको बाह्रदशी–१ बोक्राझाँडी र भागुडुब्बा गाउँमा भिन्न दुई वटा विद्युत लाइन विस्तार भएको छ । एउटा लाइनमा केही वर्षदेखि नै विद्युत सुचारु छ । अर्कोमा केही महिनाभित्रमा विद्युत सञ्चालन हुँदैछ । स्थानीय खुसीलाल राजवंशीको गाउँमा केही वर्षअघि नै विजुली आएपनि उनको घर भने अन्धकारमा नै छ ।

खुसीलाल जस्ता आदिवासी समुदायको करिब ७० घर धुरी रहेको बोक्राझाडी र भागुडु्ब्बा गाउँमा डेढ वर्ष अघि नै विद्युत आएपनि अधिकाशंले जडान गरेका छैनन् ।

विशेष गरेर काँग्रेस समर्थित समूहको पहलमा सो गाउँमा विद्युत आएपनि अन्य दलमा आस्था राख्नेले विभिन्न बहानामा विद्युत बालेनन् । बरु अझैं सस्तोमा लाइन विस्तार गर्नतिर लागेर अहिले सो गाउँमा अर्को पनि विद्युत लाइन विस्तार भएको छ । बोक्राझाडी र भागुडु्ब्बा गाउँका करिब ११ घरले मात्रै विद्युत प्रयोग गरिरहेका छन् ।

बोक्राझाडी र भागडु्ब्बा गाउँमा स्थानीय काँगे्रसी नेता प्रेम बस्नेतको पहलमा विद्युत लाइन विस्तार भएको थियो । तत्कालीन वडा विकास समितिमार्फत् ८० प्रतिशत रकम स्थानीयको लगानीमा विद्युत विस्तार भएको थियो । लगानी बढी भएकाले न्यून आर्थिक अवस्था भएका सबैले विद्युत पु¥याउन नसकिएको स्थानीय काँग्रेस नेता बस्नेतको भनाई छ ।

गाउँमा सबैतिर विद्युत नपुगेको भन्दै स्थानीय एमाले कार्यकर्ता पदम थापाको संयोजकत्वमा समिति बनाएर विद्युत ल्याउने पहल थाले । अहिले सामुदायिक विद्युतीकरणमार्फत् हाल सो क्षेत्रमा पुनः विद्युत लाइन विस्तार एमाले कार्यकता लागिरहेका छन् । एउटै गाउँमा दुईवटा भिन्न विद्युत लाइन विस्तार भएपछि भने दलका स्थानीय नेता, कार्यकर्ताको दलगत स्वार्थको राजनीति छताछुल्ल भएको छ ।

विद्युत विस्तार गर्ने दुईवटै समूह साथै दलका प्रतिनिधिलाई समेत राखेर छलफल गरी निष्र्कषमा पुग्ने स्थानीय जनप्रतिनिधि समेत रहेका सामुदायिक विद्युतीकरण कार्यक्रम झापाका सचिव प्रेम घिमिरेले बताए ।

विकासमा दलगत स्वार्थ र अस्वस्थ्य प्रतिष्पर्धा पक्कै राम्रो होइन । मुलुकको कतिपय स्थानहरु अझै पनि टुकीको भरमा छन् । नपुगेको ठाउँमा ध्यान पु¥याउनु पर्ने अवस्थामा देशभर काँग्रेस र एमालेका कार्यकर्तालाई यसरी नै अलग अलग विद्युत लाईन उपलब्ध गराउन सम्भव हुन्छ र ? (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्