झापामा लागूऔषधसहित तीन युवक समातिए

<span class='c1'>झापामा लागूऔषधसहित तीन</span> <span class='c2'>युवक समातिए</span>

झापा, माघ २१ गते।झापाको मेचीनगर नगरपालिका-६ जोर सिम्मल र भन्सार गेट नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा दमक नगरपालिका-१ बस्ने १९ बर्षिय प्रवीण तामाङ, झापा कमल गाउँपालिका-३ बस्ने २४ बर्षिय चक्र बहादुर माबो र झापा शिवसतासी-३ बस्ने २९ बर्षिय प्रदिप गुरुङलाईलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले प्रविणको साथबाट डाइजेपाम, लुपिजेसिक,फेनारागन गरि जम्मा ३९/३९ एम्पुल र चक्र र प्रदिपको साथबाट डाईजपाम ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल र फेनारगन ३ एम्पुलबरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्ररही कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्