कञ्चनपुरवासीले गाई ब्यवस्थापन नहुँदा सम्म केही नखाने

<span class='c1'>कञ्चनपुरवासीले  गाई ब्यवस्थापन</span> <span class='c2'>नहुँदा सम्म केही नखाने</span>

कञ्चनपुर २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गर्नु भएको छ । घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिनुभएको हो । उहाँले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाड्नु भएको छ । देशव्यापी भ्रमण पूरा गरी फर्किएका जगद्तगुरुले गाई छाडेर यातना दिइएकाले त्यसैका लागि अन्न त्यागेको बताउनुभयो । “सडकमा छाडिएका गाई खानाको अभावमा मर्न थालेका छन्”, उहाँले भन्नु भयो, “गौ हत्या भएको धर्तीमा अन्न खाँनै सक्दिन ।” जगद्गुरु महाराजले भन्नु भयो, “यस कार्यले असाध्यै दुःख लागिरहेको छ ।”

भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन जगद्गुरुले देशव्यापी भ्रमण गर्नु भएको छ । जगद्गुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताउनुभयो ।

जगद्गुरुले अन्न छाडेपछि स्थानीयवासी पश्चाताप गर्दै छाडा गाई आफूहरुले पाल्ने जिम्मेवारी लिने बताउँदै जगद्गुरुलाई अन्न खान आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरुले छाडिएका एक/एक गाई पाल्ने माग गरेका हुन् । जगद्गुरुले औपचारिक कार्यक्रममा इच्छुक व्यक्तिलाई गाईपालनको जिम्मेवारी दिने सोच बनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्