धरानले दुई मिनेटमा दुई गोल खाँदै प्रतियोगिताबाटै बाहिरियो

धरानले दुई मिनेटमा दुई गोल खाँदै  प्रतियोगिताबाटै बाहिरियो

धरान, माघ २१ । आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील २० औं बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

खेलमा २–० ले अग्रता बनाएको भए पनि त्यसलाई जोगाउन नसक्दा धरान पराजित भयो । धरानले खेलको ७९ औं मिनेटसम्म २–० को अग्रता लिएको थियो । तर दुर्गापुरले २ मिनेटमा २ गोल गर्दै खेलमा पुनरागमन गर्‍यो र ९० मिनेटको खेल २–२ को बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा आयोजक धरान अभागी ठहरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्