मेरिल्याण्ड कलेजको १५ औ बार्षिकोत्सव सम्पन्न

<span class='c1'>मेरिल्याण्ड कलेजको १५</span> <span class='c2'>औ बार्षिकोत्सव सम्पन्न</span>

बिराटनगरस्थित मेरिल्याण्ड कलेजले आफ्नो १५औ बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ  । शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरीएको थियो ।

यसै कलेजका पूर्वविद्यार्थी तथा राष्ट्रिय स्तरका क्रिकेटर सिद्धान्त लोहनीलाई नगद रु.२१००० (एकाइस हजार) ले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम प्र. आचार्य, मोरङ्ग प्रहरी प्रमुख अरुण कुमार विसी, रानी गणका प्रहरी उपरीक्षक भिम ढकाल, मोरङ्ग सशस्त्रका प्रमुख भेष बहादुर शाह लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. घनश्यामलाल दासले मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा गरेको योगदानको खुलेर प्रसंशा गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले गर्नुभएको प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्