पूर्वमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शाखा विस्तार

पूर्वमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शाखा विस्तार

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्वमा आफ्नो शाखा विस्तार गरेको छ । केन्द्रीय सहित देशमा चार शाखा विस्तार गरीसकेको इक्यानले विराटनगरमा आफ्नो पाचौ शाखाको शुरुवात गरेको हो । शाखा विस्तारसंगै इक्यानले पूर्वाञ्चलमा गरेको प्रथम अधिवेशनबाट रोशन निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । निरौला गुरूकूल एजुकेशन फाउण्डेसनका म्यानेजिङ डाईरेक्टर हुन् ।

शनिबार विराटनगरमा सम्पन्न नेपाल शैक्षिक परामर्श संघको प्रथम अधिवेशनद्धारा निरौलाको अध्यक्षतामा नया“ कार्य समिति पनि सर्वसम्मत रूपमा चुनिएको छ । इक्यान पूर्वाञ्चल उपाध्यक्षमा आकाश इन्ष्टिच्युटका कमल तिमल्सिना, सचिवमा पारामाउण्ट इन्टरनेशनलका भिमबहादुर लिङ्थेप र कोषाध्यक्षमा टप युनिभर्सल एकेडेमीका प्रकाश लकान्द्री रहेका छन् ।

संघको सदस्यहरुमा इडियू मार्क प्रा.लि.का रबी कुमार गुप्ता, एचिभर्स कन्सल्टेन्सीका शिवप्रकाश चौधरी (सुनिल), डायनामिक एजुकेसनका प्रमोद स्वर्णाकार, रोहिणी डिभाईन हवका खगेन्द्र भण्डारी चुनिएका छन् । नौ सदस्यिय कार्य समितिमा एकजना सदस्य कार्य समितिकोे बैठकबाट मनोनित हुने जानकारी गराइएको छ ।

अधिवेशनको उद्घघाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरूण विसी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लगायत अतिथिहरूले शैक्षिक परामर्श ब्यवसायीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विराटनगर, शिक्ष्ाँ र स्वास्थ्यको क्ष्ँेत्रमा सफल हब रहेको भन्दै यसको थप उजागरका लागि महानगरपालिका र आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै प्रादेशिक रुपमा गठन हुने शैक्ष्ँिक संस्थाहरुले विद्यँर्थि तथा अभिभावकको समयसंगै धनको पनि बचत गर्ने भएकाले यस्ता कार्यक्रमले स्थान पाउनु पर्नेमा जोड दिएका छन् । उनले पूर्वाञ्चल शाखाको सफलताको कामना गदै ईक्यानको कार्यक्रमलाई प्रोत्साहित समेत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै ई क्यानका केन्द्रिय अध्यक्ष्ँ प्रकाश पाण्डेले ईक्यानका गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले नेपाल शैक्षिक परामर्श संघका सदस्यहरुले इक्यानले निर्माण गरेका आचारसंहिता र राज्यले निर्माण गरेका विनियामवली बमोजिम कार्य गरीरहेको र आगामि दिनमा पनि सोहि अनुरुप कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोर¨का प्रमुख प्रहरी उपरीक्ष्ँक अरुण बिसीले स्वागत मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्