लुम्बिनी अञ्चल अस्पतालमा महिलाको मृत्युपछि तनाव

<span class='c1'>लुम्बिनी अञ्चल अस्पतालमा </span> <span class='c2'>महिलाको मृत्युपछि तनाव</span>

वुटवल, २२ माघ । लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्युपछि अस्पतालमा तनाव भएको छ । हिँडेरै अस्पताल पुगेकी माथागढी–४ झडेवा पाल्पा घर भई हाल बुटवल– ५ अमरपथ बस्दै आएकी ३२ वर्षिया भगवती अधिकारीको सुत्केरी गराउने क्रममा मृत्यु भएको हो । भगवतीका आफन्तले डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनीहरुले दिनभर अस्पताल परिसरमा प्रदर्शनसमेत गरिरहेका छन् । घटनाको छानविन नभएसम्म शव नउठाउने भगवतीका श्रीमान पशुपति अधिकारीले बताए ।

प्रसुतीका लागि आइतबार ६ बजे अस्पताल पुगेकी भवगतीलाई अस्पताल भर्ना गरेर सलाइन चढाइयो । सलाइनको पहिलो बोत्तल सकिएपछि दोस्रो लगाउने क्रममा उनी बेहोस हुन पुगिन् । त्यसपछि आइसियुमा सारिएकी भगवतीको राति ११ बजेतिर मृत्यु भएको हो ।अस्पतालले उनको मृत्युको कारण हृदयघात रहेको जिकिर गरेको छ । सुत्केरी व्याथासँगै हृदयघात भएका कारण उनको निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। कृष्ण खनालले बताए ।

अनुसन्धान गरेर अस्पताल दोषी देखिए क्षतिपूर्ति दिन तयार रहेको उनको भनाइ छ । ‘मृत्युको कारणबारे विश्वास नलागे छानबिन टोली बनाएर छानबिन गरौं,’ उनले भने, ‘छानविनपश्चात दोषी ठहरिए अस्पताल प्रशासन क्षतिपूर्ति दिन तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्