संसदलाई अनेरास्ववियु मोरङद्धारा डायरी उपहार

<span class='c1'>संसदलाई अनेरास्ववियु मोरङद्धारा</span> <span class='c2'>डायरी उपहार</span>

विराटनगर, २३ माघ । प्रदेश नम्बर १ को पहिलो संसद बैठकमा सहभागी सम्पूर्ण सांसदहरुलाई अनेरास्ववीयु जिल्ला कमीटी मोरङ्गले डायरी र कलम वितरण गरेको छ । सांसदहरुलाई समृद्ध राष्ट्र निर्माणका लागी जिम्मेवार बन्न प्रतिक स्वरुप अखिलले डायरी र कलम वितरण गरेको जनाएको छ । ९३ जना सांसदलाई मोरङ्ग अध्यक्ष गोकर्ण घिमिरेले हस्ताक्षर गरेको एक पत्र सहित डायरी तथा कलम वितरण गरेको छ ।

पत्रमा समृद्ध प्रदेश निमार्ण गर्ने अभिभारा तपाई निर्वाचित प्रदेश सदस्यहरुलाई जनताले दिएको हुँदा यस प्रदेशलाई समृद्धशाली, आत्मनिर्भर र समुन्नत बनाउनका लागी नेतृत्वदायी भुमीका निर्वाह गर्नुहुने अपेक्षा सहित सफल कार्यकालको शुभकामना व्यक्त छ । डायरी र कलम बुझ्दै सांसदहरुले विद्यार्थी र युवाको भावना अनुरुप कार्य गर्ने र प्रदेश नं १ लाई अब्बल बनाउने बताएका थिए ।

डायरी तथा कलम वितरण कार्यक्रममा मोरङ्ग अध्यक्ष गोकर्ण घिमिरे, केन्द्रीय सचिवद्धय मकर खड्का र वसिम आलम सचिवालय सदस्यहरु भाष्कर खनाल, डम्बर अधिकारी लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्