खोलामा पानी घटेसँगै इलाममा विद्युत उत्पादनमा कमी

<span class='c1'>खोलामा पानी घटेसँगै इलाममा</span> <span class='c2'>विद्युत उत्पादनमा कमी</span>

ईलाम, २३ माघ ।
खोलामा पानीको बहाव घटेसँगै इलाममा विद्युत उत्पादनमा समेत कमी आएको छ । हिउँदलागेसँगै खोलाहरुमा पानीको बहाव घटेसँगै विद्युत उत्पादनमा कमी आएको हो ।
हिउँदको यस सिजनमा खोलाहरूमा पानीको बहाव तथा सतह निकै घटेको छ । यसैले वर्षाको तुलनामा अहिले विद्युत् उत्पादन आधा भन्दा तल झरेको विद्युत आयोजनाका प्रतिनिधिहरु वताउँछन् । गएको वर्षायाममा इलाममा ७१ मेगावाट बिजुली उत्पादन भएकोमा अहिले झण्डै एक तिहाइमा ओर्लिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको इलामस्थित सबस्टेसन मार्फत् गतवर्ष सो परिमाणको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । तर अहिले २७ मेगावाट मात्र भइरहेको उक्त कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालित सवै आयोजनामा यसको असर परेको छ । वर्खामा भन्द आधा वढी उत्पादन घटेको दोलखा हाइड्रो प्रालिका योजना प्रमुख आकाश चौधरीले बताए ।
लोडसेडिङ हुन सक्ने सम्भावना समेत बढेको छ । आगामी चैत–बैशाखमा खोलामा पानीको सतह अझै घट्ने भएकाले विद्युत् उत्पादन थप घट्न सक्ने अनुमान छ । इलामको सबैभन्दा ठूलो आयोजना सानिमा माई हाइड्रोबाट अहिले १० मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । वर्षामा ३० मेगावाट उत्पादन हुने यस आयोजनाबाट समेत एकतिहाई मात्र उत्पादन भइरहेको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्