बुढासुब्बा गोल्डकपमा आज सुदुरपस्चिम र थ्रि-स्टार भिड्ने

<span class='c1'>बुढासुब्बा गोल्डकपमा आज सुदुरपस्चिम</span> <span class='c2'>र थ्रि-स्टार भिड्ने</span>

धरान, २३ माघ ।
धरानमा जारी फुटवल प्रतियोगिताको आजको खेल सुदुरपश्चिम ११ र थ्रिस्टार क्लब बिच हुनेछ । आजको विजेताले दोस्रो सेमी फाइनल फाइनलमा दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ ।
सोमबार भएको वुढासुब्बा रेडबुल गोल्डकपको भएको खेलमा झापा ११ लाई २–० ले हराउँदै विभागिय टिम नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश गरेको छ । धरान फुटबल क्लबको आयोजनामा धरानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा झापा ११ का खेलाडीको आत्मघाती गोल र पुलिसका सुमन लामाको गोलको मद्दतले पुलिस २–० को अन्तरले विजयी भएको हो । खेलको पहिलो हाफको २० औं मिनेटमा पुलिसका रेजिन सुब्बाले हानेको बल झापा ११ का विकाश थुलुङको घुडामा लागेर गोल भए पछि पुलिसले १–० ले अग्रता लिएको थियो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा दोस्रो हाफको १९ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै पुलिसलाई २–० ले अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्यान पुलिसका सुमन लामा घोषित भए । प्रतियोगिताको पहिलो सेमीफाइनलमा अब पुलिस क्लब संकटा क्लब काठमाडौ संग भिड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्