नेविसंघ नेताको ज्यान गएपछि पोखरामा तनाव

<span class='c1'>नेविसंघ नेताको ज्यान</span> <span class='c2'>गएपछि पोखरामा तनाव</span>

पोखरा, माघ २३ – नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परि ज्यान गएपछि पोखरामा तनाव भएको छ । सोमबार साँझ पिएन क्याम्पस गेट अगाडि ग १ ख ६६७७ नम्बरको नगर बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ढकालको ज्यान गएको हो ।

नेविसंघले मंगलबार बिहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि नगरक्षेत्रमा कुनै पनि नगर बस चलेको छैन । पिएन क्याम्पस अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर प्रहरी र विद्यार्थीबीच झडपसमेत भएको थियो । झडपपछि प्रहरीले विद्यार्थी नेता कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

दोषीलाई कडा कारवाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् । घटनाको छानबिन र तत्कालै क्षतिपूर्तीको व्यवस्थापन नभएसम्म माइक्रो बस चल्न नदिने विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरु संयमित रहे पनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले बताउनुभयो । उहाँले प्रहरीलाई पनि संयमित भएर प्रस्तुत हुन आग्रह गर्नुभएको छ । समस्या समाधानका लागि अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक भैरहेको छ । घटनाबारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्