विराटनगरमा देशभरका लेखक साहित्यकार भेला हुने

<span class='c1'>विराटनगरमा देशभरका लेखक</span> <span class='c2'>साहित्यकार भेला हुने</span>

विराटनगर, २३ माघ ।
आगामी फागुनको पहिलो हप्ता विराटनगरमा देशभरका लेखक साहित्यकार भेला हुने भएका छन् । नेपाली लेखक संघ मोरङले आयोजना गर्ने दुई दिने विराट लेखक सम्मेलनमा देशभरका साहित्यकार आउन लागेका हुन् ।
नेपाली लेखक संघ मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल अधिकारीले फागुन ४ र ५ गते सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले सम्मेलनमा सातै प्रदेशका २ सय ५० जना लेखक साहित्यकार सहभागी हुने बताउनुभयो । कोसीभन्दा पश्चिम काठमाडौं, चितवन, पोखरा, हेटौंडा, पाल्पा, धादिङलगायतका स्थानबाट आउने साहित्यकारको संख्या १ सय रहने पनि अधिकारीले जानकारी दिए । सम्मेलन भाषा साहित्यको प्रादेशिक अवस्थिति भन्ने विषयबस्तुमा केन्द्रीत हुने संघका सचिव मीनकुमार नवोदितले जानकारी दिए । “बौद्धिक सहरका रुपमा चिनिने विराटनगरमा संघीयतामा साहित्यको अवस्थाका विषयमा गहन छलफल हुनेछ,” उनले भने, “संघीयताको सफल कार्यान्वयनका लागि लेखक साहित्यकारले खेल्नुपर्ने भूमिकाका बारेमा पनि बहस हुन्छ ।”
यस्तै सम्मेलनमा आफ्नो प्रदेशको भाषा साहित्यको विद्यमान अवस्था र त्यसको विकासका लागि चालिनुपर्ने कदमका विषयमा सातवटै प्रदेशबाट एक–एकजना विद्धानले लिखित अवधारणपत्र प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै सम्मेलननमा साहित्य, संस्कृति, मातृभाषा र समसामयिक नेपाली कविता गरी चारवटा विषयका छुट्टाछुट्टै अवधारणपत्र पनि प्रस्तुत गरिने उनले जानकारी दिए । सम्मेलनको दोस्रो दिन विशेष कविगोष्ठीसमेत हुने बताइएको छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरेर तयारी तीव्र पारिएको संघका उपाध्यक्ष दिङ्लाली कान्छोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्