उदयपुरको दुई स्थानमा आगलागी, लाखौको क्षती

<span class='c1'>उदयपुरको दुई स्थानमा</span> <span class='c2'>आगलागी, लाखौको क्षती</span>

उदयपुरको दुई स्थानमा  आगलागीबाट दुई घर जलेका छन्। त्रियुगा नगरपालिका ११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा अचानक विधुत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट दनुवारको  घर पूर्ण रुपमा जलेको छ। राती ८ बजे भएको आगलागी राती ११ बजे नियन्त्रणमा आएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यसैगरी चौदण्डिगडी नगरपालिका ४ बसाहा स्थित चन्द्रकला राईको घरमा राती टुकी बत्तीबाट अचानक आगलागी हुँदा काठले बनेको घर, फर्निचर, लत्ताकपडा र भाडावर्तन जलेका छन। आगलागीबाट राईको करिब पन्ध्र लाख बराबरको धनमाल क्षति भएको बताईएको छ। आगो स्थानीय , प्रहरी र दमकलको सहयोगमा एक घण्टामा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्