पाँचथरमा निर्माणाधिन ठुला आयोजनाको काम कमशल

<span class='c1'>पाँचथरमा निर्माणाधिन ठुला</span> <span class='c2'>आयोजनाको काम कमशल</span>

पाँचथर,२४ माघ । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन दुई ठूला आयोजनाको काम सन्तोषजनक नभएको स्थानीयले गुनासो गरेपछि आयोजनाको प्रगतिबारे जनप्रतिधिहरुले चासो देखाएका छन् ।

सुख्खाग्रस्त कुम्मायक क्षेत्रमा खानेपानी विस्तारको लागि तमोर लिफ्ट खानेपानी आयोजना र पाँचथर तेह्रथुम जोडिने तमोर पक्कि पुल निर्माण कार्यमा स्थानीयको गुनासोपछि जनप्रतिनिधिहरुले चासो लिएका हुन् । प्रतिनिधि सदस्य बसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री डम्बर सिंह सम्बाहाम्फे, जिल्ला सवन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङलगायतको टोलीले स्थलगत अनुगमन गरेर प्राविधिकहरुसँग छलफलसमेत गरेका छन् ।

यस आयोजनाको निर्माण क्षेत्रका विषयमा विवाद हुदाँ पटक–पटक निर्माण कार्य रोकिँदै आएको छ भने ठेक्केदारले कमसल सामग्रीको प्रयोग गरेको भन्दै स्थानीय असन्तुष्ट बन्दै आएका छन् ।

अनुगमनको क्रममा जनप्रतिनिधिहरुले गुणस्तरीय सामग्री प्रयोग गरेर समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए । आयोजनाको काममा स्थानीयको विरोधपछि गुणस्तर सामग्री प्रयोगमा जोड दिएर काम अगाडि बढाइरहेको तमोर लिफ्ट खानेपानी आयोजनाका प्राविधिक रविन्द्र रायले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्