प्रदेश नम्बर १ का कांंग्रेस सभापतिहद्धारा राष्ट्रिय सम्मेलनको माग

<span class='c1'>प्रदेश नम्बर १ का कांंग्रेस</span> <span class='c2'>सभापतिहद्धारा  राष्ट्रिय सम्मेलनको माग</span>

विराटनगर, २४ माघ ।
प्रदेश नम्बर १ का १४ जिल्लाका कांंग्रेस सभापतिहरुले जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलनको माग गरेका छन् । आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सभापतिहरुको बिराटनगरमा भएको निणर्य सार्बजनिक गर्दै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका हुन। जिल्ला सभापतिहरूको भेलाले संघीय संरचनाअनुसार पार्टीको विधान परिवर्तन गरेर पार्टीभित्र शुद्धिकरण अभियान चलाउनु पर्ने समेत माग गरेका छन् । भेलाले गरेको ७ बुँदे निर्णय सार्वजनिक गर्दै निर्वाचनमा आएको परिणामा नेतृत्व गम्भीर हुनु पर्ने उनहरुको माग छ । परिणम बारे गम्भीर छलफल गर्नुपर्ने नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले जानकारी दिए। भेलाले पार्टीलाई संगठित बनाएर लैजानुपर्ने, एक केन्द्रीय सदस्य एक जिल्लाको जिम्मेवारी प्रदान गर्नुपर्ने, जिल्ला कार्यसमितिको संरचनालाई थप बलियो र अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका निर्णय सभापतिहरुको बैठकले गरेको नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोईरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्