फागुन दोश्रो सातासम्म नया सरकार वन्ने : कांग्रेसका प्रवक्ता शर्मा

<span class='c1'>फागुन दोश्रो सातासम्म नया सरकार वन्ने</span> <span class='c2'> : कांग्रेसका प्रवक्ता शर्मा</span>

विराटनगर २४ माघ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै तहको निर्वाचन सम्पन्न भइसकेकाले फागुनको दोश्रो साता सम्म नयाँ सरकार बनिसक्ने बताएका छन् । सरकारले सबै तहको निर्वाचन सम्पन्न गराएकोले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढ्ने बताएका हुन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलन वोल्दै उनले फागुनको दोश्रो सातासम्म नया सरकार वन्ने बताए । संवैधानिका प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाई भएको उनको भनाई छ ।
प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने बताए । जान लागेको र आउने सरकार भनेर कसैले गलत सोच्न नहुने उनले बताए । सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने शर्माको भनाई छ ।
एक प्रश्नमा उनाले पार्टिको विधि र प्रक्रिया अनुसार कांग्रेस भित्र रुपान्तर आवश्यक रहेको बताए । निर्वाचन कांग्रेसले भोगेको पराजयको आन्तरिक र दिर्घकालिन असर खोजेर पार्टिलाई नया ढंगवाट अगाडी वढाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्