नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा

नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा

सुनसरी,  २४ माघ ।  संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा प्रवेश गरेको छ । धरानमा बुधबार भएको सेमिफाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहा रारा गोल्डकप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो ।

अघिल्लो साता आहा रारा गोल्डकप जितेको पुलिसले ५५ औं मिनेटमा अग्रता लिएको थियो । रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले संकटाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । नियमित समयमा थप गोल हुन नसक्दा खेलमा १५ मिनेटको अतिरिक्त समय थपिएको थियो ।अतिरिक्त समयको १० औं मिनेटमा बुद्ध लामाले गोल गर्दै पुलिसलाई फाइनलको यात्रा तय गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्