सुनसरीको बर्जु गाउँपालिकामा तिन साता अघि आगो ताप्नेक्रममा शरीरमा पोलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। माघ ३ गते राती बर्जु गाउँपालिका २ भिमपुर बस्ने ३२ वर्षीया अलिया देवी महत्तो घुर ताप्ने क्रम्मा अचानक कपडामा आगो सल्किंदा कम्मर मुनिको भाग जलेर घाइते भएकी थिईन। घाईते महत्तोलाई उपचारका लागि कोशी अंचल अस्पतालबाट मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा महिलाको मृत्यु भएको आफन्तले प्रहरीलाई जानकारी गराएका छन। घटनास्थलमा ईलाका प्ररही कार्यालय दुहवी र सितागञ्जबाट टोली खटिगई अनुसन्धान कार्य भई रहेको छ।