सुनसरीका एसपी र इन्स्पेक्टर निलम्बित

<span class='c1'>सुनसरीका एसपी र</span> <span class='c2'>इन्स्पेक्टर निलम्बित</span>

काठमाडौं । राजनीतिक नेताको दबाबका कारण बलात्कारीलाई उम्काएको भन्दै निलम्बनका लागि सिफारिस गरिएका सुनसरीका एसपी विद्यानन्द माझी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले माझीलाई निलम्बन गरेको हो । सुनसरी प्रहरी प्रमुख माझीले सामूहिक बलात्कारको मुद्दा दर्ता नगरी पीडित पक्षलाई मिलापत्र गर्न बाध्य पारेको भन्दै उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र लेखेको थियो ।

बलात्कारको घटना लुकाउन एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालको संलग्नता रहेको छानबिन समितीले प्रतिबेदन दिएपछि प्रहरी प्रधान कार्यालयले उनीहरु दुबैजनालाई निलम्वनका लागि पत्र काटेको थियो । एसपी माझीसँगै इन्स्पेक्टर दाहाल पनि निलम्बनमा परेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले छानबिन समितिको प्रतिवेदनका आधारमा माझी र दाहाललाई निलम्बन गर्न मन्त्रालयलाई सिफारिस गरिएको र उनीहरु दुवैलाई गृहले निलम्बन गरेको बताए । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

गत पुस १६ गते इटहरीको एक रिसोर्टमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उक्त घटना प्रहरीमा पुगेको भएपनि पीडित परिवारलाई दबाब दिएर मिलापत्र गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्