त्रिशूलीमा दूध ट्यांकर खस्दा दुईको मृत्यु

<span class='c1'>त्रिशूलीमा दूध ट्यांकर</span> <span class='c2'>खस्दा दुईको मृत्यु</span>

रत्ननगर, चितवन, माघ २५ गते । चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ । बिहान करिब ५ः५५ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ । सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन् । घटनास्थल नारायणगढबाट १६ किमी मुग्लिनतर्फ पर्छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्