झापामा बस र जीप ठोक्किंदा दश घाइते

<span class='c1'>झापामा बस र जीप</span> <span class='c2'>ठोक्किंदा दश घाइते</span>

झापामा बिहिबार यात्रुवाहक बस र जीप एक अर्कासंग ठोक्किंदा दश जना घाइते भएका छन। पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिका ३ स्थित शहिद गेटमा विहान करिब ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २६३६ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको मे १ च ९२५ नम्बरको बलेरो जीप एक आपसमा ठोक्किएको हो। दुर्घटनामा जीप चालक सहित ६ जना तथा बसमा सवार ४ जना घाइते भएका छन। सबैको हात, खुट्टामा सामान्य चोट लागेको र उनीहरुलाई प्रहरी चौकी केर्खाबाट उद्दार टोली खटि गई तत्कालै उपचारका लागि दमक स्थित लाईफलाईन अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्