धनकुटा नगरपालिकाले तोकिएको समयमै ब्यक्तिगत घटना दर्ता गरे पुरस्कार दिने

<span class='c1'>धनकुटा नगरपालिकाले  तोकिएको समयमै ब्यक्तिगत</span> <span class='c2'>घटना दर्ता गरे पुरस्कार दिने</span>

धनकुटा,  २५माघ ।  धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप पैसा दिने भएको छ । नगर कार्यपालिकाको नवौं बैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

जन्म, मृत्य, विवाह, बसार्इँसराई, सम्बन्ध विच्छेद जस्ता घटना समयमै दर्ता गराउनका लागि प्रोत्साहन रुवरुप पैसा दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जमशेर राईले बताउनुभयो । उहाँका अनुसार घटना भएको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर घटना दर्ता गरेमा एक सय रुपैया प्रदान गरिनेछ । घट्ना भएपछि ३५ दिन भित्र ब्यक्तिगत घटना निःशुल्क दर्ता गर्ने प्रावधान छ । त्यो भन्दा ढिलो भएमा एक वर्षसम्म ५० रुपैयाँ र त्यो भन्दा बढी समय ढिला भएमा एक सय रुपैयाँ अतिरिक्त शुल्क लाग्ने व्यवस्था छ ।

धनकुटा नगरपालिकाका सबै वडामा अनलाइन ब्यक्तिगत घटना दर्ता भैरहेको छ । पहिले नगरपालिका कार्यालयमै आएर दर्ता गर्नु पथ्र्यो । अहिले वडा कार्यालयमा रहेका कर्मचारीहरुले सूचकलाई सोध्दै अनलाइनमा ब्यक्तिगत घटना दर्ता गरिरहेका छन् । सेवाग्राहीलाई सहज सेवा दिनको लागि धनकुटा नगरपालिकाको सबै वडा कार्यालयलाई ब्यवस्थित गरिने धनकुटा नगरपालिका मयेर चिन्तन तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्