इटहरीमा हुने क्यान इन्फोटकको लागि स्टल बुकिङ खुल्ला

<span class='c1'>इटहरीमा हुने क्यान इन्फोटकको</span> <span class='c2'>लागि स्टल बुकिङ खुल्ला</span>

इटहरी । सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुने प्रदेशस्तरीय हिक भिजन क्यान इन्फोटक मेला अन्र्तगत स्टल बुकिङ खुल्ला गरिएको छ । कम्प्युटर ब्यवसायीहरूको संगठन क्यान महासंघ सुनसरीले आयोजना गर्न लागेको मेला अन्तरगत बिहीबारबाट औपचारिक रूपमा स्टल बुकिङ खुल्ला रहेको आयोजकले जनाएको छ ।

मेलाको पहिलो चरण अन्र्तगत गत बुधबार आयोजक क्यान महासंघ सुनसरीले पत्रकार सम्मेलन गरी इन्फोटेक मेला सम्बन्धि सबै जानकारी गराइसकेको छ । स्टल बुकिङ अन्र्तगत अहिले सम्म ६० प्रतिशत स्टलहरू बुकिङ भइसकेको मेलाका संयोजक शन्देस राईले जानकारी दिए । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक बस्तुहरुका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले क्यान इन्फोटेक २०७४ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

इटहरीको जनता निम्न माविको खेल मैदानमा हुन क्यान इन्फोटेक मेलामा जम्मा १ सय २८ स्टलहरू रहने भएका छन । उक्त स्टलहरूमा सुचना प्रविधिका नयाँ नयाँ सामग्रीहरूदेखि फुड स्टलहरू समेत सम्म रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्