नेपालमै रोबोर्टबाट मेलाको उद्घाटन

नेपालमै रोबोर्टबाट मेलाको उद्घाटन

चितवन, २६ माघ ।  कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ सुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो ।  सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयांँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको क्यान, चितवनले जनाएको छ ।

‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूलनाराका साथ सुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ । मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्