बेहुला खोजी गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ

<span class='c1'>बेहुला खोजी गरिदिन माग गर्दै</span> <span class='c2'> जिल्ला प्रशासन कार्यालय घेराउ</span>

नवलपरासी,२६ माघ ।  विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएको ५ दिनपछि स्थानीयले बेहुला खोजी गरिदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोट वडा नम्बर १४ निवासी बेहुला बालकृष्ण खरेल माघ २१ गते राति १ बजेबाट बेपत्ता भएका हुन् ।

घर नजिकैकी युवतीसँग विवाह गर्ने टुंगो लगाएर सबै तैयारी गरेका बालकृष्ण आइतबार राति १ बजे घरबाट एकाएक बेपत्ता भएपछि उनी अहिलेसम्म बेखबर छन्। दुलाह र दुलहीपक्षका घरमा विवाहको सबै तयारी पुरा भइसकेको थियो। 'विवाहको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं। १२ बजेपछि हामी सुत्न गयौं बिहान हेर्दा भाई कोठामा थिएन। कतै निस्केका होलान्, आइहाल्छन् भनेर सबै तयारी गर्‍यौं, जन्तीहरु आउने क्रम सुरु भयो तर भाइ आएनन्,' बेहुलाका दाजु गणेश खरेलले भने। त्यसपछि सबै आत्तिएर खोज्न थालेको अहिलेसम्म पनि बेखबर रहेका उनले बताए। ९ वर्ष अघिदेखि स्पेनमा बस्दै आएका २९ वर्षीय बालकृष्ण गत मंसिरमा घर आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्