ईलाका प्रहरी कार्यालय रानीले होटलमा अश्लिल क्रियाकलाप गर्ने एक जोडीलाई पक्राउ गरी कारवाही गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटल, लज, रेष्टुरेन्ट चेकजाँच अभियानका क्रममा भारत भागलपुर बस्ने ४२ वर्षीय एक पुरुष तथा २५ वर्षीया महिलालाई नियन्त्रणमा लिई शुक्रबार म्याद थप गरेको हो । उनीहरु बिहिवार राती विराटनगर १५ स्थित एक होटलबाट पक्राउ परेका थिए ।