२६ माघ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानले नेपाललाई ६ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले ४ विकेट गुमाउँदै प्राप्त गर्यो । विजय टोलीका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे ।नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले एकरएक विकेट लिए ।
पहिलो व्याटिङ गरेको नेपाल ४६ ओभरमा १सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि शरद भेषावकरले सबैभन्दा धेरै २२ रन बनाउँदा ओमानका कलिम उल्लाहले ४ विकेट हात पारे ।