मोरङको बुढीगंगाबाट ६ जना बिद्युत चोर पक्राउ

<span class='c1'>मोरङको बुढीगंगाबाट ६ जना</span> <span class='c2'>बिद्युत चोर पक्राउ</span>

विराटनगर, २७ माघ ।
मोरङको बुढीगंगा गाउँपालिकामा प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले विधुत चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा–४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा–१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हुकिङ गरि घरमा बिधुत लगेको पाईएपछि नियन्त्रणमा लिएको जनाएकोछ । विधुत चोरी नियन्त्रण अभियान अन्तरगत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सँयुक्त टोलीले राती १० बजेतिर उनीहरुको घरमा हुकिङ गरी बिधुत चोरी गरेको भेटेको थियो । सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर कार्वाही प्रक्रीय अघि बढाईएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्