ईनरुवामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

<span class='c1'>ईनरुवामा मोटरसाइकल दुर्घटना,</span> <span class='c2'>चालकको मृत्यु</span>

सुनसरी, २७ माघ ।
सुनसरीको ईनरुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको उपचारका क्रमममा ईनरुवा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को ३० प २९९३ नम्बर राती १० बजे तिर ईनरुवा ९ बबियामा दुर्घटना भएको थियो ।
यसैगरी धरानमा भएको टेम्पो दुर्घटनामा एकजना घाईते भएका छन् । कोशी राजमार्ग अन्तरगत धरान १३ मा को १ ह ६२७१ नम्बरको टेम्पु र को १४ प ५०३७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक धरान–१६ का दिपक कुमार श्रेष्ठ घाइते भएका छन। घाइतेको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्