सिँचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

<span class='c1'>सिँचाइ मन्त्रालयका सचिवसहित ३</span> <span class='c2'>जना त्रिशूलीमा वेपत्ता</span>

काठमाडौं. ७ माघ। पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् । कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्