पार्टी एकता संयोजन समितिको बैठक आज

<span class='c1'>पार्टी एकता संयोजन</span> <span class='c2'>समितिको बैठक आज</span>

काठमाडौँ, माघ २७ गते । वाम गठबन्धन दलमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्न नसकेपछि शनिबारका लागि तयारी गरिएको छ ।  पार्टीको आन्तरिक काममा नेताहरू व्यस्त हुनुभएपछि शुक्रबार बैठक बस्न नसकेको नेताहरूले बताउनुभएको छ । बैठक शनिबार बस्ने सम्भावना रहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।

अध्यक्ष ओली शुक्रबार अस्वस्थ हुनुभएपछि बैठक बस्न नसकेको एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो तर अध्यक्षका सचिवालयले बिरामीका कारण नभई नेताहरू बाहिर भएकाले बैठक बस्न नसकेको बताएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार पार्टीको आन्तरिक कामले चितवन जानुभयो । त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि पार्टीको कार्यक्रममा भाग लिन कैलालीको टीकापुर पुग्नुभएको थियो ।
संयोजन समितिको बैठकमा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियाको गम्भीर कार्यसूचीमा छलफल हुने बताइएको थियो । सबै नेताको सहमति र उपस्थितिमै निर्णय गर्नुपर्ने महìवपूर्ण कार्यसूचीमा बैठक प्रारम्भ हुने भएपछि बैठक शनिबारका लागि सारिएको हुनसक्ने अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
यसअघि बिहीबार दुई अध्यक्ष ओली र प्रचण्डबीच करिब अढाइ घण्टा वान–टु–वान छलफल भएको थियो । छलफलपछि संयोजन समितिको बैठक शुक्रबार बस्ने र सोबाट केही कार्यसूची पारित गर्ने आन्तरिक सहमति दुवै अध्यक्षबीच भएको थियो तर शुक्रबार बैठक बस्न नसकेपछि एकता प्रक्रिया लम्बिने सङ्केत गरेको छ ।
“शुक्रबार साँझसम्म एकता संयोजन समितिको बैठक बस्छ भन्ने जानकारी थियो, एउटा कारण अध्यक्षको अस्वस्थताले हो, अन्य के–के कारणले बैठक बसेन केही बताइएको छैन,” उपाध्यक्ष गौतमले भन्नुभयो । पार्टी एकतापछि दुई अध्यक्षबीचको व्यवस्थापनका विषयमा कुरा मिल्न नसकेपछि एकता प्रक्रिया लम्बिएको बुझाई बाहिर रहे पनि अध्यक्ष ओली र प्रचण्ड दुवैले सो बुझाइको खण्डन गर्दै आउनुभएको छ ।
आगामी फागुनको दोस्रो सातासम्म नयाँ सरकार गठन हुने भएपछि एकता प्रक्रियालाई सरकार गठनअघि नै ठोस आकार दिनुपर्ने माओवादी नेताहरूको दबाब छ तर एमाले नेताहरूले पार्टी एकता प्रक्रिया अध्यक्ष ओलीकै चाहना र इच्छामा निर्भर रहेकाले दुवै पार्टीलाई सम्मान हुनेगरी एकता प्रक्रिया अघि बढ्नुपर्ने तर्क गर्दै आउनुभएको छ । दुई दलले पार्टी एकता गर्ने उद्देश्यसाथ निर्वाचनमा तालमेल गरेको र सोहीअनुरूप जनादेश आएकाले पार्टी एकताको विकल्प नरहेको एमाले वरिष्ठ नेताहरूको भनाइ रहँदै आएको छ ।
एमाले अध्यक्ष ओली अब बन्ने सरकारको प्रधानमन्त्री हुने करिब सुनिश्चित भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकतापछिको अध्यक्ष स्वीकारेर भए पनि पार्टी एक गर्नुपर्ने सुझाव एमाले वरिष्ठ नेताहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्