विवाहकोअघिल्लो दिन अकस्मात बेहुला हराएपछी …

<span class='c1'>विवाहकोअघिल्लो दिन अकस्मात</span> <span class='c2'>बेहुला हराएपछी …</span>

नवलपरासी । घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे ।

खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो । अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरुले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउ गरे ।

सोमबार विवाहको लगन जुराइएको थियो । गौंडाकोट १४ का २९ बर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए ।

तर, मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको । दुवै परिवारले सबै तयारी पूरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।

बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौ, पछि सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएन, दाजु गणेशले भने ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्