विराटनगरको निहारिका कलेजले एमबीएस कक्षा सञ्चालन गर्न पाउने

<span class='c1'>विराटनगरको निहारिका कलेजले एमबीएस</span> <span class='c2'>कक्षा सञ्चालन गर्न पाउने</span>

विराटनगर २७ माघ । त्रिभूवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रध्यापक डा. डिल्लीराम शर्माले भविष्यमा मुलुक समृद्धि बनाउने जिम्मेवारी बिद्यार्थीको काँधमा रहेको बताएका छन् । आजको युवा विद्यार्थी नै भोलीको कर्णदार भएकोले लगनशिल भएर बेलैदेखि आफ्नो भबिश्यको मार्ग तयार पर्न आग्रह गरे ।


विराटनगरको बरगाछीमा रहेकोे निहारिका कलेजले शनिवार आयोजना गरेको विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रममा बोल्दै प्रध्यापक डा. शर्माले बिद्यार्थी लगनशिल हुनु पर्ने बताएका हुन । ‘बेलैदेखी विद्यार्थीहरु लगनशिल हुन जरुरी छ,’ उनले भने, ‘अध्ययन गर्ने विद्यार्थीहरुले समयको महत्व बुझनु पर्छ । समयको महत्वलाई बुझेर अध्ययन गर्ने हो भने त्यसबाट सफलता हातलाग्ने निश्चित छ।’ उनले चाँडै अब सेमिस्टर सिस्टम लागू गर्ने तयारी गरेको जानकारी दिए । ‘नेहारीका कलेजले एमबीएस कक्षा सञ्चालन गर्न विश्वविद्यालयबाट स्वीकृत पाएको छ,’ उनले भने, गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीहरुको मन जित्ने शिक्षा प्रदान गर्नुपर्दछ ।’


कलेज प्रमुख अमित ढकालले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न कलेज परिवार सधै लागिपर्ने बताए ।
बी.एस.सी.÷ सी.एस.आइटी को परीक्षा टप गर्ने विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको छ । बी.एस.सी./सी.एस.आइटीको फस्ट सेमिस्टरमा प्रथम हुने नवराज थापा, दोस्रो सेमिस्टरमा विवेक सिंह र २०७३ सालको बी.एस.सी.÷ सी.एस.आइटीको सेमिस्टमा ८३ प्रतिशत अंक ल्याएर टप गर्ने सुन्दर गौतमलाई कलेजले सम्मान गरेको हो ।सम्मानित हुने विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका डिन प्रध्यापक डा. डिल्ली शर्माले सम्मान गरे । पुर्वाञ्चल विश्व विद्यालयका सह–नियन्त्रक अर्जुन विक्रम खड्का, उद्योग संगठन मोरङका उपाध्यक्ष भिम घिमिरे, स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख डा. मनोज राउत, नुप्काको अध्यक्ष तिर्थराज घिमिरे, हिसान मोरङका अध्यक्ष बलराम पन्त, मेरिल्याण्ड कलेजका कलेज प्रमुख लक्ष्मण ढकाल, कोबास कलेजका प्रमुख सुनिल श्रेष्ठलगायले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउन जोड दिएका थिए । कलेज प्रमुख ढकालका अनुसार कलेजमा हाल बी.एस.सी.÷ सी.एस.आइटी, बी.बी.एस. एम.बी.एसलगायतको कक्षाहरु सञ्चालन रहेको जानकारी दिए । निहारीका कलेजका अध्यक्ष रुपेश खतिवडाको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन दिपेस बास्कोटाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्